जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य 

शुक्रबार, असोज २४, २०८२

काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोटमा जापानले नेपालसामु १३२ रनको लक्ष्य दिएको छ । 
ओमानको अल अमिरात ओमान क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको जापानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो । उसकालागि केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६०,ईसम रहमानले ३१ तथा बेन्जामिन इटोले १७ रन बनाएपनि अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

इब्राहिम ताकाहाशीले ४,रन बनाउदा अभिषेक आनन , डेक्लान सुजुकी  र सबौरिश रविचन्द्रनले १–१ रन बनाए ।

बलिङतर्फ सन्दीप लामीछाने र गुल्शान झाले समान २–२ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्