सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोटमा अहिले नेपाल र जापानबीच प्रतिस्पर्धा भईरहेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि जापानले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयारपार्दासम्म जापानले ७.३ ओभरको खेल जारी रहदाँ १ विकेटको क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ ।
नेपाल लगातार दोस्रो जितसँगै समूह विजेता बन्ने लक्ष्यमा छ । पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको नेपालले सुपर सिक्समा स्थान पक्का गरिसकेको छ । यता कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको जापान पनि सुपर सिक्समा पुगिसकेको छ । टोली पनि नेपाललाई हराउँदै समूह विजेता बन्ने प्रयासमा छ ।