विश्वकप छनौटमा आज नेपालले जापानसंग खेल्दै

शुक्रबार, असोज २४, २०८२

काठमाडौँ :ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा आज नेपाल र जापान आमनेसामने हुँदैछन्।

खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजे, अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सुरु हुने छ।

दुवै टोली सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। आजको खेलमा विजेता टोलीले २ अङ्कसहित सुपर सिक्स चरणको यात्रा सुरु गर्ने छ। त्यसैले यो खेल सुपर सिक्सकै अघोषित प्रतिस्पर्धा मानिएको छ।

नेपाल र जापानबीचको यो पहिलो प्रत्यक्ष भिडन्त हो। इतिहासमा पहिलोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको जापान, र लगातार दोस्रोपटक विश्वकप खेल्ने तयारीमा रहेको नेपालबीचको भिडन्तले विशेष ध्यान तानेको छ।

सुपर सिक्समा शीर्ष तीन स्थान बनाउने टोलीहरूले सन् २०२६ को टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। त्यसैले आजको २ अङ्क, आगामी चरणको लागि निकै महत्त्वपूर्ण रहनेछ।

यता, अन्य समूहका खेलहरू पनि निर्णायक चरणमा छन्।
यूएई र मलेसियाबीचको खेलमा यूएई विजयी भएमा कतार सुपर सिक्समा प्रवेश गर्नेछ।
ओमान र पीएनजीबीचको खेलपछि समूह ‘सी’ बाट सुपर सिक्समा जाने टोलीको टुंगो लाग्नेछ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्