सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
बुधवार राती भएको आफ्नो पहिलो खेलमा कुबेतलाई ५८ रनले हराउँदै नेपालले सुखद् सुरुवात गरेको हो । जितकालागि १४२ रनको लक्ष्य पछ्याएको कुबेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । उसकालागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन जोडे । यासिन पटेलले १९ तथा मित भावसारले ११ रन जोडे । कुबेतलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशी , सन्दीप लामीछाने र रोहित पौडेल २-२ विकेट लिए लिँदा सोमपाल कामी ,कुशल भुर्तेल र नन्दन यादवल १-१ विकेट हात पारे ।
त्यसअघि ओमानको अलअमिरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालकालागि कुशल भुर्तेलले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ६६ रनको योगदान गरे । ५६ बल खेलेका उनले ३ छक्का र ३ चौका हिर्काए ।
दिपेन्द्र सिं ऐरीले २१ , गुल्शन झाले २० तथा कप्तान रोहित पौडेलले १६ रन बनाएपनि अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । सन्दीप जोरा ५,कुशल मल्ल ४ तथा आशिफ शेखले २ रन जोडे ।
सोमपाल कामीले १तथा नन्दन यादवले २ रन बनाए ।