नेपालद्वारा कुबेतसामु १४२ रनको लक्ष्य 

बुधबार, असोज २२, २०८२

काठमाडौँ :आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले कुबेतसामु जितकालागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमोनको अलअमिरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो । नेपालकालागि कुशल भुर्तेलले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ६६ रनको योगदान गरे । 

५६ बल खेलेका उनले ३ छक्का र ३ चौका हिर्काए । 

दिपेन्द्र सिं ऐरीले २१ , गुल्शन झाले २० तथा कप्तान रोहित पौडेलले १६ रन बनाएपनि अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । सन्दीप जोरा ५,कुशल मल्ल ४ तथा आशिफ शेखले २ रन जोडे ।

सोमपाल कामीले १ तथा नन्दन यादवले २ रन बनाए । 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्