diwpawali diwpawali

कुबेत विरुद्द टस हारेकाे नेपाल ब्याटिङमा

बुधबार, असोज २२, २०८२

काठमाडौं :ओमानको क्रिकेट एकेडेमी मैदानमा जारी आईसीसी टी–२० एसिया इष्ट–एशिया प्यासिफिक (EAP) छनोट प्रतियोगिता अन्तर्गत नेपालले कुवेतविरुद्धको खेलमा टस गुमाएको छ।

कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर फिल्डिङ रोजेपछि नेपालले आजको खेलमा पहिला ब्याटिङ गर्दैछ।

आजको प्रतिस्पर्धामा नेपालले टोलीमा सानो परिवर्तन गरेको छ — तेज बलर करण केसीलाई बेन्चमा राख्दै सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई प्लेइङ इलेभेनमा समावेश गरिएको छ।

नेपाल र कुवेतबीच यसअघिसम्म तीन टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले दुई खेलमा जित हात पार्दा एक खेलमा पराजय बेहोरेको छ।

नेपालको आजको प्लेइङ–११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र सन्दीप लामिछाने।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्