diwpawali diwpawali

टी–२० विश्वकप छनोटमा ओमानको विजयी सुरुवात

बुधबार, असोज २२, २०८२

काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगितामा ओमानले विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा घरेलु टोली ओमानले सामोआलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । जितकालागि सामोआले दिएको ९३ रनको सामान्य लक्ष्य घरेलुटोलीले १७ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । 

ओमानको जितमा मोहम्मद नादिमले नटआउट २१ रन जोडे । हम्मद मिर्जाले १८ तथा आशिष अडिदाराले १५ रन बनाए ।

त्यसअघि अलअमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सामोआले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९२ रन जोडेको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्