नेपाली खेलाडीको टी–२० बलिङ वरियता खस्कियो

बुधबार, असोज २२, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको टी–२० बलिङ वरियता खस्किएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आज सार्वजनिक गरेको वरितायतमा नेपालका कुनै पनि खेलाडीले वरियतामा सुधार ल्याउन सकेका छैनन् । यसअघि ४७ औँ स्थानमा रहेका ललित राजवंशीको वरियता एक स्थान खस्किएर ४८ औँ स्थानमा झरेका छन् ।

दिपेन्द्र सिं ऐरीको पनि वरियता ३ स्थान खस्किदैँ ७८ औँ स्थानमा आइपुगेका छन् । सन्दीप लामीछानेको वरियता पनि २ स्थान खस्किएर ८७ औँ स्थानमा छन् । टी–२० बलिङ वरियताको शीर्ष स्थानमा भारतीय खेलाडी वरुण चक्रवर्ती यथावत छन् ।

अफगानिस्तानका राशिद खान ६ स्थान सुधार गर्दै दोस्रो स्थानमा पुग्दा वेष्टइण्डिजका अकिल हुसन तेस्रो स्थानमा यथावत छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्