मलेसिया विरुद्दको टी–२० शृङ्खला नेपालले जित्यो

बुधबार, असोज २२, २०८२

क्वालालाम्पुर :मलेसिया विरुद्दको अन्तर्राष्ट्रिय टी–२० शृङ्खला नेपालले जितेको छ ।

आज भएको पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले हात पारेको हो । जितकालागि मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छदैँ ५ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन जोडिन् । पूजा महत्तोले २३ तथा रुबिना क्षेत्रीले १५ रन बनाईन् । त्यसअघि बायुमास ओभलमा टस जितेर सुरुवाती ब्याटिङ थालेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । उसकालागि कप्तान विनिफ्रेड दुराइसिङगमले सर्वाधिक ४० रनको योगदान गरिन् ।

माहिरा हिजातीले १९, आयना हामिजा १५ तथा नुरी जातुलले १० रन बनाईन् ।  नुर दानिया स्युःहादाले ११ रन बनाउँदा मास एलिसाले खाता नै खोल्न सकिनन् ।

बलिङतर्फ राजमती ऐरी र  कविता कुवँरले सर्वाधिक ३-३  विकेट लिँदा  रचना कुमारीले  एक विकेट हात पारिन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्