diwpawali diwpawali

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

बुधबार, असोज २२, २०८२

क्वालालाम्पुर :घरेलु टोली मलेसियाले अन्तर्राष्ट्रिय टी–२० शृङ्खला जित्न नेपाललाई १०४ रनको चुनौति दिएको छ ।

बायुमास ओभलमा टस जितेर सुरुवाती ब्याटिङ थालेको मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०३ रन बनायो । उसकालागि कप्तान विनिफ्रेड दुराइसिङगमले सर्वाधिक ४० रनको योगदान गरिन् । माहिरा हिजातीले १९, आयना हामिजा १५ तथा नुरी जातुलले १० रन बनाईन् ।  

नुर दानिया स्युःहादाले ११ रन बनाउँदा मास एलिसाले खाता नै खोल्न सकिनन् ।

बलिङतर्फ राजमती ऐरी र  कविता कुवँरले सर्वाधिक ३-३  विकेट लिईन् ।   १३.२ ओभरमा नुरीलाई आउट गराएकी ऐरीले १३.३ ओभरमा एलिसालाई पवेलियन फर्काउँदै लगातार दुई विकेट लिन सफल भईन् ।  १५.३ ओभरमा कप्तान विनिफ्रेडले लङ सट खेल्ने क्रममा ऐरीले कविता जोशीको हातबाट क्याच गराईन् ।६.४ ओभरमा ३९ रन जोडेको मलेसियाको रचना कुमारीले पहिलो विकेट लिएर ब्रेक थ्रु गरेकी थिईन् । 


 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्