सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :कतारविरुद्धको टी–२० अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
टी–२० विश्वकप छनौट अघि भएको खेलमा नेपालले कतारलाई १६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा ओमानविरुद्धको नेपाल ६ विकेटले विजयी भएको थियो ।
जितकालागि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । कतारका लागि मुहमद तनविरले सर्वाधिक ५१ रनको योगदान गरे । मुहमद असिमले ३० तथा मोहमद ब्रइगले ४० रन जोडे ।
बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे । त्यसअघि ओमानको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निजर्धारित २० ओभरमाम ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रनको योगदान गरे ।