सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :कतारविरुद्धको अभ्यास खेलमा नेपालले १७१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निजर्धारित २० ओभरमाम ७ विकेट गुमाएर १७० रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रनको योगदान गरे ।
कुशल मल्ल र दिपेन्द्र सिं ऐरीले समान ३८–३८ रन जोडे । १७१ रनको लक्ष्य पछ्याएको कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम कतारले ७ ओभरको खेल सकिदाँ ३ विकेटको क्षतिमा ३२ रन जोडेको छ ।
यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो।