सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
क्वालालम्पुर: मलेसियाले तेस्रो वुमेन्स इन्टरनेसनल ट्वान्टी–२० मा आइतबार नेपाललाई १३ रनले हराउँदै पाँच खेलको सिरिजमा २–१ को अग्रता पुनः हासिल गरेको छ।
क्वालालम्पुरस्थित बायुमास क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा चार विकेट गुमाउँदै १ सय २० रनको चुनौतीपूर्ण योगफल बनायो। मलेसियाका लागि आइना हामिज चम्किइन्, उनले ५८ बलमा ६ चौका प्रहार गर्दै शानदार ६१ रनको अर्धशतक प्रहार गरिन्। मास एलसाले पनि उपयोगी ३० रनको साथ दिइन्।
जवाफमा लक्ष्य पछ्याउने क्रममा नेपाल ८ विकेटको क्षतिमा १ सय ७ रनमै रोकियो। नेपालका लागि रुबी पोडारले ३१ रन र इन्दु वर्माले २२ रनको योगदान दिए। नेपाललाई अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको थियो तर टोली त्यो लक्ष्य पार गर्न असफल रह्यो।
अब सिरिजका बाँकी दुई खेल मंगलबार र बुधबार हुनेछन्, जसले सिरिजको विजेता निर्धारण गर्नेछ।