सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले वार्मअप खेलमा दमदार प्रदर्शन गर्दै ओमानलाई ६ विकेटले हराएको छ।
शनिबार सम्पन्न खेलमा ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमै ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो।
नेपालका ओपनर आसिफ शेखले धमाकेदार ६१ रनको अर्धशतकीय पारी खेले। कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन र कुशल मल्लले १० रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन मात्रै बनाउन सक्यो। ओमानका ब्याट्सम्यानहरू नेपाली बलरको धारिलो बलिङ अगाडि टिक्न सकेनन्।
नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए।
आईसीसी टी–२० विश्वकप छनोटका लागि ओमान पुगेको नेपाली टोली हाल तयारी म्याचमा व्यस्त छ। छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।