diwpawali diwpawali

वेस्ट इन्डिज विरुद्दको टी–२० शृंखला नेपालले जित्यो

सोमबार, असोज १३, २०८२

काठमाडौँ :वेस्ट इन्डिज विरुद्दको टी–२० शृंखलामा नेपालले ऐतिहासिक जित निकालेको छ ।

युएइमा सोमवार भएकोे खेलमा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले शृंखला २–० ले जितेको हो । जितकालागि नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटियो । उसकालागि जेसन होल्डरले सर्वाधिक २१ रनको योगदान गरे ।

अकिम अगत्स्यले १७ तथा अमीर जांगोले १६ रन बनाएपनि अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । वेस्ट इन्डिज
लाई सस्तैमा समेट्ने क्रममा आदिल आलमले सर्वाधिक ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा दिपेन्द्र सिं ऐरी,ललित राजवंशी र करण् केसीले १–१ विकेट लिए ।

 त्यसअघि युएईको शारजहाँ क्रिकेट रंगशालामा टस जितेर पहिले व्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै रन बनायो ।

नेपालकालागि आशिफ शेख र सन्दीप जोराले बिस्फोटक ब्याटिङ गरे । कुनै बेला कुशल भुर्तेल २ तथा कप्तान रोहित पौडेल ब्यक्तिगत ३ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । धरासायी बनेको नेपालको ब्याटिङ लाईन शेख र जोराले उकासे । शेखले नटआउट रहँदै सर्वाधिक ६८ तथा जोराले ६३ रन जोडे ।

आदिल आलमले ११, कुशल मल्लले ७ तथा गुल्शन झाले ६ रन जोडे । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यलाई पराजित गरेको हो । आजको खेल जितेमा नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको शृंखला आफ्नो पक्षमा पारेको हो ।

अन्तिम तथा तेस्रो खेल भोली हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २३:२८
प्रतिक्रिया दिनुहोस्