diwpawali diwpawali

पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्याे एसियाकपकाे उपाधि

सोमबार, असोज १३, २०८२

काठमाडौं :एसिया कप क्रिकेटकाे उपाधि भारतले जितेकाे छ ।

आइतबार राती भएको फाइनलमा पाकिस्तानलाई पराजित ५ विकेटले पराजित भारतले ९ औं पटक एसिया कपको उपाधि उचालेकाे हाे । जितकालागि पाकिस्तानले दिएको १४७ रनकाे लक्ष्य भारतले दुई बल बाँकी छदै पूरा गर्याे ।

भारतकाे जितमा तिलक वर्माले नटआउट ६९ रनकाे याेगदान गरे । शिवम दुवेले ३४ तथा सञ्जु स्यामसनले २४ रन बटुले । शुभमन गिलले रनकाे याेगदान गरे ।

त्यसअघि युएईमा टस हारेर पहिले ब्याटिङमा तानिएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुदै १४६ रनमा समेटियाे । एक समय १३औं ओभरमा ११३–१ को बलियो अवस्थामा पुगे पनि पाकिस्तानले त्यसपछि लगातार विकेट गुमाउँदै १४६ रनमै अलआउट भयो। पाकिस्तानका लागि शाहिबजादा फरहानले ५७ र फखार जमानले ४६ रन बनाए।

भारतका बलरमध्ये कुलदीप यादव सर्वाधिक प्रभावशाली बने। उनले ४ ओभरमा ३० रन दिँदै ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट झारे।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०६:१०
प्रतिक्रिया दिनुहोस्