diwpawali diwpawali

कान्तिपुरसंग सन्दीप लामीछाने रुष्ट ,भन्छन् ,कहिले सुध्रिन्छौ ?

आइतबार, असोज १२, २०८२

काठमाडौँ:नेपाली क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० खेलमा नखेलेको विषयलाई लिएर कान्तिपुर दैनिकले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रमाणसहित समाचार ल्याउन चुनौती दिएका छन्। उनले भने,
“कहिले सुध्रिन्छ यार, कान्तिपुर? यात्रा हालत हुँदा पनि अझै सुध्रिन सकेको छैन। त्यसो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।”

लामिछानेले पछिल्लो समयमा खेलेको सिरिजमा आफैंले नासा सेक्युरिटीको लोगो अंकित जर्सी लगाएको प्रमाणसमेत सार्वजनिक गर्दै, सुरक्षा सम्बन्धी विवादमा जोडेर लेखिएको समाचारलाई ‘निराधार’ बताएका छन्।

उनले क्रिकेट सङ्घ (क्यान)सँग रहेका विषयलाई व्यक्तिगत रूपमा समाधान गर्ने बताए। साथै, आफूसम्बन्धी असत्य र प्रमाणविहीन समाचार प्रकाशन नगर्न मिडियालाई चेतावनी दिएका छन्।


 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्