diwpawali diwpawali

एसियाकप जित्न पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य 

आइतबार, असोज १२, २०८२

काठमाडौँ :एसिया कपको फाइनल जित्न पाकिस्तानले भारतसामु १४७ रन रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युइएको दुवाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको पाकिस्तानले १९.१  ओभरमा सवै विकेट गुमाएर १४६ रन बनायो । उसकालागि साहिबजादा फरहानले ३८ बलमा ५७ रन जोडे । वरुण चक्रवर्तीले उनलाई तिलक वर्माको हातबाट क्याच गराए। ।

फकर जमानले ४६ रन बनाए । १३ औं ओभरको पाँचौं बलमा कुलदीप यादवले साइम अयुबको विकेट लिए । उनी ब्यक्तिगत १४ रनमा पवेलियन फर्किए । कप्तान सलमान आघाले ८ रन बनाउँदा मोहम्द हारिस ,शाहिन शाह अफ्रिदी र फहिम अशरफ शुन्य रनमा आउट हुन पुगे ।

९ ओरभर सम्म विना विकेट ७७ रन बनाएको पाकिस्तानले त्यसपछि लगातार विकेट गुमाएको थियो । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा कुलदिप यादवले ४ विकेट लिए । अक्षर पटेल र वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान दुई-दुई विकेट हात पारे । 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्