प्रिमियर लिगमा आज एस्टन भील्ला र फुल ह्याम भिड्ने 

आइतबार, असोज १२, २०८२

काठमाडौँ :इङलिस प्रिमियर लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।

इङग्ल्याण्डको भिल्ला पार्कमा नेपाली समयअनुसार साँझ पौने सात बजे हुने खेलमा एस्टन भील्ला र फुल ह्यामबीच प्रतिस्पर्धा हुदैँछ । नवौँ स्थानमा रहेको एस्टभील्ला आज फुल ह्यामलाई हराउँदे अंकतालिकामा सुधार ल्याउन चाहान्छ । १८ औँ स्थानमा रहेको फुलह्याम आज जित निकाल्दै रेलिगशन क्षेत्रबाट माथि उक्लने प्रयासमा छ ।

आजै हुने दोस्रो खेलमा न्यूक्यासल र आर्सनलबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती सवा ९ बजे जेम्स पार्कमा हुनेछ । सातौँ स्थानको आर्सनल आज जित निकाल्दै दोस्रो स्थानमा उक्लने दाउमा छ ।

जारी लिगमा १५ अंक सहित लिभरपुल शीर्ष स्थानमा छ । १२ अंकको क्रिस्टल प्यालेस दोस्रो तथा ११ अंकको टोटनह्याम तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्