T10 T10

एन्फाद्वारा सिस्नेरी दुर्घटनामा ज्यान गुमाएका खेलाडीप्रति श्रद्धाञ्जली

आइतबार, असोज १२, २०८२
Global

काठमाडौँ :गत वर्ष सिस्नेरीमा आएको विनाशकारी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका ६ खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।

आइतबार एन्फा कम्प्लेक्समा आयोजित वार्षिक पुण्यतिथि कार्यक्रममा खेलाडीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा दिवंगत खेलाडीहरूको सामूहिक फोटोमा पुष्प अर्पण गर्दै श्रद्धा प्रकट गरिएको थियो।

कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङले दिवंगत खेलाडीहरूको स्मृतिमा निर्माणाधीन मूर्ति अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। उहाँले एन्फाले गरेको निर्णयअनुसार आफूहरू प्रतिबद्ध रहेको र खेलाडीहरूको अधुरो सपना पूरा गर्न इमानदार प्रयास भइरहेको स्पष्ट पार्नुभयो।

२०७८ असोज १२ गतेको अविरल वर्षाका कारण कुलेखानी ड्याम खोलिएको थियो। त्यही क्रममा सुरक्षित स्थानतर्फ जाँदै गर्दा मकवानपुरको सिस्नेरीस्थित एन्फा एकेडेमीका ६ युवा खेलाडी पहिरोमा पुरिएर ज्यान गुमाएका थिए।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्