सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :काठमाडौं महानगरपालिकाले नेपाली महिला फुटबललाई विशेष प्राथमिकता दिँदै सानो गौचरणमा आधुनिक रगंशाला निर्माण कार्य अघि बढाएको छ।
महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै महिला फुटबलको सफलतालाई अझै संस्थागत गर्न र आगामी पुस्तालाई सुविधा सम्पन्न प्रशिक्षण र खेल मैदान उपलब्ध गराउन सानो गौचरण रगंशालाको पुनर्निर्माण भइरहेको बताएका छन्।
महानगरले वडां नम्बर ५ को सहकार्यमा अघि बढाएको यो रगंशाला निर्माण कार्य २०८१ सालको मंसिरदेखि सुरु भएको हो। निर्माण कार्य २०८२ सालको चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। कुल लागत १८ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको यो प्रोजेक्ट शुभ कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ।
रगंशालामा ९६ बाई ६२ मिटरको खेल मैदान बन्नेछ, जसमा वर्षाको पानी व्यवस्थापन गर्न आकाशे पानी निकास प्रणालीसहित कृत्रिम घाँस राखिनेछ। सुरक्षा र सौन्दर्यका लागि मैदान वरिपरि सिमापर्खाल पनि बनाइनेछ।
सुविधाका हिसाबले रंगशाला परिसरमा १७८ वटा दुई पाङ्ग्रे र २८ वटा चार पाङ्ग्रे सवारी साधन अट्ने पार्किङको व्यवस्था मिलाइएको छ। साथै, महिला र पुरुष दुबैका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ — भुइँ तल्लामा महिलाका लागि २३ र पुरुषका लागि १६ तथा पहिलो तल्लामा महिलाका लागि ७ र पुरुषका लागि ५ शौचालय रहनेछन्।
काठमाडौं महानगरपालिकाको यो पहलले नेपाली महिला फुटबलको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ ।