सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपालले वेष्टइण्डिजविरुद्द ऐतिहासिक जित निकालेको छ ।
पहिलो टी–२० आईमा नेपालले विश्वकप विजेता समेत रहेको टेस्ट मान्याप्राप्त टोलीलाई १९ रनले हराएको हो । जितकालागि नेपालले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्टइण्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो । उसकालागि नवीन बिदाईसीले सर्वाधिक २२ रनको योगदान गरे । अमिर याङ्गुले १९, कप्तान अकिल हुसेनले १८ ,केसी कार्टीले १६ तथा अकीम अगस्टले १५ रन जोडे । वेष्टइण्डिजलाइ सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कुशल भुर्तेलले दुई विकेट लिए । रोहित पौडेल,ललित राजवंशी,नन्दन यादव,करण केसी र दिपेन्द्र सिं ऐरीले १-१ विकेट लिए ।
त्यसअघि युएईको सारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको अवसर पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने कुशल मल्लले ३० र गुलशन झाले २२ रनको योगदान दिए। तर नेपालको सुरुवात कमजोर रह्यो। ओपनर कुशल भुर्तेल ६ रनमै स्टम्पिङ आउट भए भने अर्का ओपनर आसिफ शेख पनि ३ रनमा क्याच आउट भए।
३.१ ओभरमै १२–२ को अवस्थामा पुगेको नेपाललाई कुशल मल्ल र रोहित पौडेलले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै उकासे। मल्ल २१ बलमा ३० रन बनाएर आउट भए भने पौडेल ३५ बलमा ३८ रनमा पवेलियन फर्किए।
गुलशन झाले अन्त्यतिर आक्रामक खेल देखाए तर २२ रनमै आउट भए। दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे भने अन्य ब्याटरले ठुलो स्कोर बनाउन सकेनन्। नेपालले पावरप्लेमा ३४ रन मात्र बनाएको थियो। बीचका ओभरमा ७४ रन निकाल्दै पारी उकासे तर डेथ ओभरमा नियमित अन्तरालमा विकेट गुमाउँदा स्कोर १४८ रनमै सीमित रह्यो।
तीन खेलको सिरिजअन्तर्गत अब दोस्रो खेल सोमबार र तेस्रो मंगलबार सारजाहमै हुनेछ। यही सिरिज नेपालका लागि आगामी ओमानमा हुने टी–२० विश्वकप छनोटपूर्वको तयारीको अवसर हो।
जितसंगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।