सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आगामी अक्टोबरमा थाइल्यान्डमा हुने एएफसी यु-१७ महिला एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा भूमिका बुढाथोकीलाई कप्तानको जिम्मेवारी दिइएको छ।
गत महिना भुटानको थिम्पुमा सम्पन्न साफ यु-१७ महिला च्याम्पियनसिप खेलेको टोलीमा तीन परिवर्तन गरिएको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गोलकिपर गंगा गुरुङको सट्टा भूपिका शाहीलाई टोलीमा स्थान दिएका छन्। यस्तै, मिडफिल्डर दिकी स्याङ्बो तामाङको स्थानमा आयुषा रेउले र फरवार्ड दीक्षा रानपालको सट्टा पूजा गिरी टोलीमा परेकी छन्।
नेपाल समूह ‘एफ’ मा
थाइल्यान्डमा आयोजना हुने छनोट चरणमा नेपाल समूह ‘एफ’ मा परेको छ। समूहमा नेपालसँगै आयोजक थाइल्यान्ड र तुर्कमेनिस्तान रहेका छन्। नेपालले अक्टोबर १५ मा तुर्कमेनिस्तानसँग र अक्टोबर १७ मा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
समूह चरण लिगको स्वरूपमा खेलाइनेछ, जहाँ शीर्ष स्थानमा रहने टोलीले सन् २०२६ मा चीनमा आयोजना हुने यु-१७ महिला एसियन कपका लागि स्थान बनाउनेछ।
नेपाली टोलीको विवरण
गोलकिपर:
झरना डुम्राकोटी
लक्ष्मी ओली
भूपिका शाही
डिफेन्डर:
दीक्षा रायमाझी
अलिजा कुमारी विक
ग्यान्सु डोल्मा लो
सम्झना चन्द
पूर्णिमा ताडी
अनु माझी
मिनमाया श्रेष्ठ
अन्सु विक
मिडफिल्डर:
रवीना विक
कृतिशा तामाङ
आशिका कार्की
सहारा लिम्बू
बबतिका कार्की
भूमिका बुढाथोकी (कप्तान)
आयुषा रेउले
सृजना बडुवाल
फरवार्ड:
अस्मिता मगर
पूजा गिरी
यमकुमारी विक
अनिता रानामगर