diwpawali diwpawali

श्रीलंकाविरुद्द भारतको कठिन जित

शनिबार, असोज ११, २०८२

काठमाडौं: एसिया कप २०२५ को सुपर-४ अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराउँदै जित हात पारेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार राति भएको खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २०२ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो। भारतका लागि अभिषेक शर्माले आक्रामक ६१ रन जोडे भने तिलक वर्मा नटआउट ४९ रनमा रहे।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको श्रीलंकाले पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। ओपनर पथुम निसंकाले ५८ बलमा १०७ रनको विस्फोटक शतक प्रहार गर्दै टोलीलाई जितको नजिक पुर्‍याए। तर अन्तिम बलमा ३ रन आवश्यक हुँदाहुँदै सफल हुन नसक्दा श्रीलंका २० ओभरमा भारतकै बराबरी २०२ रनमा सीमित रह्यो।

सुपर ओभरमा भने भारत बलियो सावित भयो। अर्शदीप सिंहले कडाईका साथ बलिङ गर्दै श्रीलंकालाई मात्र २ रनमा रोकिदिए। जवाफमा भारतले पहिलो बलमै लक्ष्य पार गर्दै रोमाञ्चक जित सुनिश्चित गर्‍यो।

तर, यो नतिजाले तालिकामा ठूलो असर पार्दैन। भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबारका लागि पहिले नै तय भइसकेको छ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्