सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
शारजाह, यूएई : नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० सिरिजका लागि तयारीको उत्कर्षमा पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज युनिटी कप नामक यस ऐतिहासिक शृंखलाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ मजबुत र स्थापित बनाउने अपेक्षा गरिएको छ।
शारजाह क्रिकेट स्टेडियममा हुने तीन खेलहरूको सिरिज भोली शनिबारदेखि सुरु हुँदैछ। आगामी सोमबार र मंगलबारसम्म चल्ने यो सिरिज क्रिकेटप्रेमीहरूका लागि निकै प्रतीक्षित बनेको छ। क्यानका प्रवक्ता छुम्बी लामाले सिरिजको पूर्व सन्ध्यामा आज शारजाहमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिएका छन्।
वेस्ट इन्डिज, जो दुई पटकको टी–२० विश्वकप विजेता टोली हो, सँगको यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसर हो। यस्ता प्रतियोगिताबाट नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने, र भविष्यमा अझ ठूलो मञ्चमा प्रतिस्पर्धा गर्न आत्मविश्वास बटुल्ने विश्लेषण गरिएको छ।
प्रत्यक्ष प्रसारणको व्यवस्था : विश्वभरका दर्शकहरूले खेलहरू विभिन्न डिजिटल र टेलिभिजन माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन्। नेपालमा विशेष रूपमा, रुटिन अफ नेपाल बन्द को आधिकारिक युट्युब च्यानलबाट खेल हेर्न सकिनेछ भने कान्तिपुर टेलिभिजनले टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ।
नेपाली टोलीको तयारी बलियो : क्यानले जानकारी गराएअनुसार नेपाली टोली उत्कृष्ट लयमा छ र तयारी उच्च मनोबलसहित भइरहेको छ। यूएईको वातावरण, पिच अवस्था, र हालैका अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
यो ऐतिहासिक सिरिजले नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ। क्रिकेटप्रेमीहरू मात्र होइन, समग्र नेपाली खेलकुद क्षेत्रका लागि यो अवसर प्रेरणादायी बन्नेछ।