सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :एशिया कप क्रिकेट २०२५ को फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । ४१ वर्षको इतिहासमा पहिलोपटक यी दुई देश फाइनलमा आमनेसामने हुन लागेका हुन् ।
भारत अहिलेसम्म ८ पटक च्याम्पियन बनेको छ भने पाकिस्तानले २ पटक उपाधि जितेको छ । यस पटक भारतको कप्तानी सूर्यकुमार यादव र पाकिस्तानको कप्तानी सलमान अली आगा गर्दै छन् । फाइनल खेल आइतबार, असोज ११ गते (सेप्टेम्बर २८) हुनेछ ।
यसअघि समूह चरणमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो भने सुपर–४ मा पनि भारतले ६ विकेटले जित हात पारेको थियो । अब तेस्रो पटक यी दुई टिम आमनेसामने हुँदैछन् ।
पाकिस्तानले सेमिफाइनलमै बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतले सुपर–४ का दुवै खेल जितेर सजिलै फाइनल पुगेको हो ।