सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ।
एन्फाका महासचिव किरण राईले बिहीबार आधिकारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। न्यौपानेले सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्म टोलीको जिम्मेवारी सम्हाल्ने एन्फाले जनाएको छ।
यसअघि उनी एएफसी यू–२३ एसियन कप छनोटमा नेपाली यू–२३ टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत थिए।
सहायक प्रशिक्षकमा भगवती खत्री र राजकुमार केसीलाई जिम्मेवारी दिइएको छ। टोली व्यवस्थापनतर्फ बिन्द्रा देवान (व्यवस्थापक), शिला गिरी (फिजियोथेरापिस्ट) र विकास गुरुङ (किट व्यवस्थापक)लाई निरन्तरता दिइएको छ।