T10 T10

फाइनल पुग्न नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

बिहीबार, असोज ९, २०८२
Global

काठमाडौं : साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज भारतसँग आमनेसामने हुँदैछ।
समूह ‘ए’ को उपविजेता बनेर अन्तिम चारमा पुगेको नेपालले, समूह ‘बी’ को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले समूह चरणमा श्रीलंकालाई २–० ले हराउँदै उपविजेताको स्थान पक्का गरेको थियो। तर, बंगलादेशविरुद्ध ४–० को हार बेहोरेको थियो।

भारत भने आफ्नो समूहमा अपराजित रह्यो। उसले माल्दिभ्सलाई ६–०, भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो।

यो प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो, उसले यसअघि ६ पटक उपाधि जितिसकेको छ। अहिलेको साविक च्याम्पियनसमेत रहेको भारतसँग नेपालको खेल आज साँझ ७:४५ बजे तय भएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्