diwpawali diwpawali

भारत एसियाकपकाे फाइनलमा

बिहीबार, असोज ९, २०८२

काठमाडौं :भारत एशिया कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार दुबई इन्टरनेशनल स्टेडियममा भएको सुपर–४ चरणको खेलमा भारतले बंगलादेशलाई ४१ रनले पराजित गरेको हो।

१६९ रनको लक्ष्य पछ्याइरहेको बंगलादेश १९.२ ओभरमै अलआउट भएको थियो। ओपनर सैफ हसनले ६९ रन बनाए पनि बाँकी ९ जना ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

भारतका कुलदीप यादवले ३ विकेट लिए भने जसप्रीत बुमराह र वरुण चक्रवर्तीले समान २–२ विकेट हात पारे। अक्षर पटेलले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल बनाएको थियो। अभिषेक शर्माले ३७ बलमा ७५ रनको धमाकेदार पारी खेले, जसमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए। हार्दिक पाण्ड्याले ३८ तथा शुभमन गिलले २९ रन जोडे।

बंगलादेशका तर्फबाट रिशाद हुसैनले २ विकेट लिए भने मुस्ताफिजुर रहमानले १ विकेट लिन सफल भए।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०४:५३
प्रतिक्रिया दिनुहोस्