सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र दिपेन्द्र सिं ऐरीले टी–२० ब्याटिङ वरियतामा सुधार गरेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् र्आसीसीले आज सार्वजनिक गरेको ब्याटिङ वरियतामा एरी र पौडेलले एक–एक स्थान सुधार गरेका हुन् । नयाँ वरियतामा ऐरी ६४ औँ तथा कप्तान पौडेल ७१ औँ स्थानमा छन् । आशिफ शेख र कुुशल भुर्तेललको भने वरियता खस्किएको छ । शेख एक स्थान तल झर्दै ८० औँ स्थानमा रहँदा भुर्तेल तीन स्थान तल खस्किँदै ८६ औँ स्थानमा आइपुगेका छन् ।
भारतका अभिषेक शर्मा पहिलो तथा इंल्याण्डका पिल साल्ट दोस्रो स्थानमा यथाव छन् । भारतका तीलक वर्मा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् ।