diwpawali diwpawali

 एसिया कपमा पाकिस्तान र श्रीलंका भिड्दै

मंगलबार, असोज ७, २०८२

काठमाडौँ :एसिया  कप टी–२० क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा आज पाकिस्तान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने भएको छ । 

दुई टोलीबीचको खेल अबुधाबीको शेख जायद स्टेडियममा नेपाली समयअनुसार राति सँवा ८ बजे सुरु हुनेछ । सुपर फोर अन्तर्गतको आफ्नो पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जितको खाजिमा हुने छन् ।

पाकिस्तान भारतसँग र श्रीलंका बंगलादेशसँग पराजित भएको थियो । फाइनलको संभावना कायम राख्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । आजको खेल हार्ने टोलीले अर्को खेल जित्नुपर्नेछ भने अन्य टोलीहरूको नतिजामा पनि निर्भर रहनुपर्ने छ ।  

सुपर ४ को अंक तालिकामा भारत र बंगलादेशको समान २–२ अंक भए पनि रन रेटका कारण भारत अगाडि छ । श्रीलंका र पाकिस्तान तेस्रो र चौथो स्थानमा छन् । पाकिस्तान र श्रीलङ्का आजको खेल जित्दै पहिलो स्थानमा पुग्ने दाउमा हुनेछन् । 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्