नेपाली महिला फुटबल टोलीले इन्डोनेसियामा त्रिदेशीय खेल खेल्ने

मंगलबार, असोज ७, २०८२

काठमाडौं :नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी नोभेम्बर अन्तिम साता इन्डोनेसियामा हुने त्रिदेशीय मैत्रीपूर्ण सिरिजमा भाग लिने भएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सार्वजनिक गरेको जानकारीअनुसार नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोली इन्डोनेसियासँग खेल्नेछ भने दोस्रो खेल डिसेम्बर २ मा चाइनिज ताइपेइसँग हुनेछ।

फिफा वरीयतामा चाइनिज ताइपेइ ४२औँ स्थानमा रहेको छ। नेपाल ८९औँ स्थानमा रहँदा आयोजक इन्डोनेसिया १०६औँ स्थानमा छ।

यसअघि तय भएअनुसार नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेल्नेछ। दुवै खेल भारतको सिक्किममा हुने एन्फाले जनाएको छ।

मंगलबार एन्फाले वर्ष २०८२ को लागि संशोधित वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्