T10 T10

‘ए’ डिभिजन लिगसहित वार्षिक क्यालेन्डर सार्वजनिक

मंगलबार, असोज ७, २०८२
Global

काठमाडौं :अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लामो समयदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगसहित अन्तर्राष्ट्रिय फुटबल कार्यक्रम राख्ने गरी नयाँ वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

करीब अढाई वर्षपछि एन्फाले मंगलबार सार्वजनिक गरेको क्यालेन्डरअनुसार ‘ए’ डिभिजन लिग पुस ९ देखि असार २६ सम्म सञ्चालन हुनेछ। यसअघि लिगलाई होम एन्ड अवे प्रणालीमा १४ जिल्लामा गरिने भनिए पनि अन्तिम निर्णय सार्वजनिक गरिएको छैन।

यस्तै, कार्तिक १७ देखि यु–१६ युथ लिग पुनः सुरु हुने, महिला राष्ट्रिय टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेलने, महिला लिग र सुपर लिग आयोजना गर्ने योजना पनि क्यालेन्डरमा समेटिएको छ। तर, पछिल्लो समय चल्दै आएको नेपाल सुपर लिग (एनएसएल) भने यसपटक समावेश गरिएको छैन।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्