सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :वेष्टइन्डिजसँग सिरिज खेल्न नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज युएई प्रस्थान गरेको छ ।
युएईले भीषा नदिएपछि गत शुक्रवारदेखि रोकिएको नेपाली टोली आज साँझ ७ः२५ बजे त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । युएईमा नेपालले वेष्टइन्डिजसँग युनिटी कप टी–२० आई सिरिज खेल्ने छ । नेपाली टोलीले आगामी असोज ११ गते देखि असोज १४ गते सम्म वेष्टइण्डिजसंग तीन खेलको टी–२० सिरिज खेल्ने छ ।
नेपाल र वेष्टइन्डिजसँगको पहिलो खेल असोज ११ गते शनिबार राती सवा ८ बजे खेल्नेछ । दोस्रो खेल असोज १३ गते तथा तेस्रो खेल असोज १४ गते खेल्नेछ ।