diwpawali diwpawali

इंल्याण्डले जित्यो आयरल्याण्ड विरुद्दको सिरिज

सोमबार, असोज ६, २०८२

काठमाडौँ :आयरल्याण्ड विरुद्दको टी–२० सिरिज इंल्याण्डले जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा इंल्याण्डले आयरल्याण्डलाई ६ विकेटले हराउँदै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । जितकालागि आयरल्याण्डले दिएको १५५ रनको लक्ष्य इंल्याण्डले १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

इंल्याण्डको जितमा जोर्डन कक्सले सर्वाधिक ५५ रनको योगदान गरे । टम बेन्टनले ३७ तथा पिल साल्टले २९ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

यसअघि भएको पहिलो खेलमा इंल्याण्ड ४ विकेटले बिजयी भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्