diwpawali diwpawali
युनिटी कप टी–२० आई सिरिज

आज साँझ युएई उड्दै नेपाली क्रिकेट टोली

सोमबार, असोज ६, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज साँझ युएई प्रस्थान गर्ने भएको छ ।

युएईले भीषा नदिएपछि गत शुक्रवारदेखि रोकिएको टोली आज साँझ ७ः२५ बजे त्यसतर्फ जाने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । युएईमा नेपालले वेष्टइन्डिजसँग युनिटी कप टी–२० आई सिरिज खेल्ने छ ।

नेपाली टोलीले आगामी असोज ११ गते देखि असोज १४ गते सम्म वेष्टइण्डिजसंग तीन खेलको टी–२० सिरिज खेल्ने छ । जसकालागि टिकट बुकिङ समेत खुला गरिसकिएको छ ।

उक्त सिरिज हेर्न दर्शकले न्यूनतम ५० दिराम देखि अधिकतम ४०० दिराम सम्म तिर्नुपर्नेछ । नेपाल र वेष्ट इन्डिजबीको टी–२० सिरिज रातीमा खेलाईनेछ । क्यानका अनुसार खेल यूएईको समय अनुसार ६ः३० तथा नेपाली समयानुसार राती सवा ८ बजेदेखि सुरु हुने छ ।

नेपाल र वेष्टइन्डिजसँगको पहिलो खेल असोज ११ गते शनिबार राती सवा ८ बजे खेल्नेछ । दोस्रो खेल असोज १३ गते तथा तेस्रो खेल असोज १४ गते खेल्नेछ ।

यस सिरिजपछि नेपाली टोली आगामी अक्टोबर ८ देखि १७ मा ओमानमा हुने आइसिसी टी–२० विश्वकप छनौट खेल्न जानेछ ।  ९ राष्ट्रले सहभागिता जनाउने छनौट खेलबाट शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्