सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल साफ यू-१७ च्याम्पियनसिपको अन्तिम चारमा पुगेको छ। सोमबार बंगलादेशले श्रीलंकामाथि ४-० को एकतर्फी जित निकालेपछि नेपाल सेमिफाइनलमा स्थान बनाउन सफल भयो।
समूह ‘ए’ अन्तर्गत दुई खेल सक्दा नेपालले तीन अंक जोडेको छ। यसै आधारमा नेपाल उपविजेताको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको हो।
बंगलादेशका मोहम्मद रिफत काजीले ह्याट्रिक गर्दै टोलीको जित सुनिश्चित गरे भने थप एक गोल मोहम्मद आरिफले गरे। यो जितसँगै बंगलादेश लगातार दोस्रो खेलमा विजयी हुँदै ६ अंकसहित समूह विजेता बन्यो।
समूह चरणमा बंगलादेशले नेपाललाई पनि ४-० ले पराजित गरेको थियो। नेपालले भने आफ्नो पहिलो खेलमा श्रीलंकामाथि २-० को जित हात पारेको थियो। लगातार दुई खेलमा पराजित श्रीलंका भने कुनै अंक नै नजोेड्दै प्रतियोगिताबाट बाहिरिएको छ।