एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

आइतबार, असोज ५, २०८२

काठमाडौँ :एसिया कप टी–ट्वेन्टी क्रिकेट अन्तर्गत सुपर फोरको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल राति सवा ८ बजे दुबई रंगशालामा सुरु हुनेछ । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । भारत आज लगातार जित निकाल्न ध्याउन्नमा हुँदा पाकिस्तान बदला लिने लक्ष्यसहित मैदान उत्रिँदैछ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भारत र पाकिस्तान चार पटक टी–२० खेलमा आमनेसामने भएका छन् । जहाँ दुवै टोलीले दुई–दुई खेल जितेका छन्। 
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्