सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोली भोली सोमवार युएई जाने भएको छ ।
युएईले भीषा नदिएपछि गत शुक्रवार उड्नुपर्ने नेपाली टोली बिमानस्थलबाटै फर्कनु परेको थियो । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोलीको भीषा आईसकेकाले भोली त्यसतर्फ जान लागेको जानकारी दिए ।
गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनपछि युएई सरकारले नेपालीलाई भिसामा कडाई गरेको हो । नेपाली टोलीले आगामी सेप्टेम्बर २७, २९ र ३० मा युएईमा वेस्ट इन्डिजसँग खेल्ने कार्यक्रम तय गरेको छ।
यस श्रृंखला मार्फत टोली आगामी अक्टोबर ८–१७ मा ओमानमा हुने आइसिसी टी–२० विश्वकप एसिया–प्यासिफिक रिजनल फाइनलको तयारी गर्दैछ ।