सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :एसिया कप क्रिकेटको सुपर फोर चरणमा बंगलादेशले विजयी सुरुवात गरेको छ। शनिबार राति यूएईमा सम्पन्न पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले हराएको हो।
१६९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। बंगलादेशको जितमा ओपनर सैफ हसनले ६१ रन तथा तोहिद रिदोएले ५८ रनको योगदान गरे। कप्तान लिटन दासले २३ रन बनाए।
श्रीलंकाका वानिन्दु हसरंगा र दशुन शनकाले २-२ विकेट लिँदा नुवान थुसारा र दुश्मान्था चमीराले १-१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो। दशुन शनकाले अविजित ६४ रन, कुसल मेन्डिसले ३४, पथुम निसान्काले २२ र कप्तान चरिथ असलंकाले २१ रन जोडे।
बलिङतर्फ बंगलादेशका मुस्तफिजुर रहमानले ३, मेहदी हसनले २ र तास्किन अहमदले १ विकेट लिएका थिए।
समूह चरणमा श्रीलंकासँग पराजित भएको बंगलादेशले सुपर फोरमा भने जित निकाल्दै २ अंक जोडेको छ। यस चरणमा बंगलादेशसँगै श्रीलंका, भारत र पाकिस्तान प्रतिस्पर्धामा रहेका छन्।