सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एसिया कप कप टी–२० क्रिकेटमा आजबाट सुपर फोरका खेलहरु हुने भएका छन् ।
सुपर फोर अन्तर्गतको पहिलो खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल दुवई क्रिकेट रंगशालामा राति सवा ८ बजे सुरु हुनेछ । यसअघि गएराती भएको समुह चरणको अन्तिम खेलमा भारतले ओमानलाई पराजित गरेको छ । टेष्ट राष्ट्र भारतविरुद्ध प्रभावशाली प्रदर्शन गरेको ओमान २१ रनले पराजित भएको हो ।
यो हारसँगै ओमान समूह चरणबाट बाहिरिएको छ । पहिले ब्याटिड गर्दै भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले ५६ रनको अर्थशतकीय पारी खेल्दा अभिषेक शर्माले ३८, तीलक वर्माले २९ तथा अक्षर पटेलले २६ रन जोडे । ओमानका शाह फैसल, जितेन रामानन्दी र अमिर कलीमले समान २–२ विकेट लिए ।
१ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन जोड्यो । उसका लागि अमीर कलीम र हमाद मिर्जाले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन ।
अमीरले ४६ बलमा ६४ तथा हमादले ३३ बलमा ५१ रनको पारी खेले । भारतका हार्दिक पाण्ड्या, अर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले समान एक–एक विकेट लिएका थिए ।