मलेसियन सिरिजकालागि नेपाली महिला टोलीको घोषणा

शनिबार, असोज ४, २०८२

काठमाडौं :मलेसियन सुपर वुमेन्स सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान इन्दु वर्मासंगै पूजा महत्तो,राजमती ऐरी,सम्झना खड्का,कविता जोशी,रिया शर्मा र सोमु बिस्ट रहेकी छन् । यस्तै रचना चौधरी,रुबी पोद्दार, यशोदा बिस्ट,सावित्री धामी, कविता कुँवर ,रुविना क्षेत्री र सिता रानामगर छन् ।

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । तर राष्ट्रिय महिला क्रिकेट टोली कहिले मलेसिया प्रस्थान गर्ने भन्ने खुलाईएको छैन ।

नेपालले मलेसियामा रहदाँ सेप्टेम्बर २४ देखि ३० सम्म हुने मलेसियन सुपर वुमेन्स सिरिज खेल्न तालिका छ । उक्त सिरिजमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै नेपाली महिला टोलीले अक्टोबर २ देखि ८ सम्म मलेसिया महिला राष्ट्रिय टोलीसँग पाँच वटा टी–२० आई सिरिज पनि खेल्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्