सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: एसिया कप टी–२० क्रिकेट अन्तर्गत समुह चरणको अन्तिम खेलमा अहिले भारत र ओमानबीच प्रतिस्पर्धा भईरहेको छ ।
युएईको आबुधावीमा जारी खेलमा टस जितेको भारतले सुरुवाती ब्याटिङ रोजेको छ । समुह‘ए’मा रहेको भारत पहिले नै लगातार दुई जितसँगै सुपर–४ मा प्रवेश गरिसकेको छ भने ओमान लगातार दुई हारपछि प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रतियोगिताबाट बाहिरिसकेको ओमान सान्त्वना जितको खोजिमा हुनेछ । समुह ‘ए’ बाट भारत र पाकिस्तान तथा समुह ‘बी’ बाट श्रीलंका र बङ्गालादेश सुपर फोरमा पुगिसकेका छन् । आज भारतले जसप्रीत बुमराह र वरुण चक्रवर्तीलाई आराम दिँदै अर्शदीप सिंह र हर्षित राणालाई प्लेइङ–११ मा राखेको छ । भारतको टोली – अभिषेक शर्मा, शुभमन गिल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, संजू सैमसन, शिवम दुबे, हार्दिक पण्ड्या, अक्षर पटेल, हर्षित राणा, अर्शदीप सिंह र कुलदीप यादव। ओमानको टोली – जतिन्द्र सिंह (कप्तान), आमिर कलीम, हमाद मिर्जा, विनायक शुक्ला, फैसल शाह, मोहम्मद नदीम, आर्यन बिष्ट, जाकिर इस्लाम, शकील अहमद, समय श्रीवास्तव र जितेन रामनन्दी ।