सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ स्नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गर्ने भएको छ ।
वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न नेपाली टोली आज बिहान संयुक्त अरब इमिरेट्स यूएई प्रस्थान गर्ने तालिका रहेको नेपाल क्रिकेट संघ क्यान ले जनाएको छ । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली भएकाले यो भिडन्तलाई नेपालका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। तीन खेलको यो सिरिज सेप्टेम्बर २७, २९ र ३० मा शारजाहमा हुनेछ। त्यसपछि नेपाली टोली टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा भाग लिन ओमान प्रस्थान गर्नेछ। आदिल आलम अन्सारी र सन्दीप जोरालाई समावेश गरिएको १६ सदस्यीय टोलीमा अष्ट्रेलिया भ्रमण गुमाएका स्पिनर ललित राजवंशी पनि फर्किएका छन्। यस शृंखलालाई नेपालले विश्वकप छनोटअघि बलियो तयारीको अवसर मानेको छ ।
गत अप्रिलमा वेस्ट इन्डिज ‘ए’ टोली नेपाल भ्रमणमा आएको थियो र पाँच खेलको सिरिज ३–२ ले जितेको थियो ।