सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एसिया कप टी–२० क्रिकेट अन्तर्गत समुह चरणको अन्तिम खेलमा आज भारत र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचाको खेल नेपाली समयअनुसार राती सवा ८ बजे युएईको आबुधावीमा हुनेछ । समुह 'ए'मा रहेको भारत अपराजित रहँदै सुपर फोरमा पुगिसकेको छ । प्रतियोगिताबाट बाहिरिसकेको ओमान सान्त्वना जितको खोजिमा हुनेछ ।
भोलीबाट एसिया कपको सुपर फोरका खेलहरु सुरु हुनेछन् । सुपर फोरको पहिलो खेलमा भोली बंगालादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।