अफगानिस्तानलाई हराउँदै श्रीलङ्का सुपर फाेरमा

शुक्रबार, असोज ३, २०८२

काठमाडौं :श्रीलंका एसिया कपकाे सुपर–४ मा प्रवेश गरेको छ।विहिवार राती युएईमा भएको खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंकाले समूह चरणमा अपराजित रहेर सुपर -४ काे यात्रा तय गरेकाे हाे ।

युएईकाे आबु धाबीमा भएको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १७० रनको लक्ष्य दिएको थियो। मोहम्मद नबीले २२ बलमा ६० रनको तुफानी पारी खेले पनि टोलीलाई बचाउन सकेनन्।

श्रीलंकाका कुसल मेंडिसले ५२ बलमा ७४ रनको शानदार प्रदर्शन गर्दै टोलीलाई सजिलै जित दिलाए। यस जितसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो भने बंगलादेश सुपर–४ मा पुग्यो।

एशिया कप को सुपर–४ चरणमा अब भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबीच उपाधि होड हुनेछ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०४:०४
प्रतिक्रिया दिनुहोस्