बंगलादेशसँग ठुलो हार, नेपालको सेमिफाइनल यात्रा संकटमा

शुक्रबार, असोज ३, २०८२

काठमाडौं:श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपमा नेपाललाई ठूलो धक्का पुगेको छ । समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएपछि अन्तिम चारमा पुग्ने सम्भावना अब श्रीलंका–बंगलादेश खेलको नतिजामा टेकेको छ ।

कोलोम्बो रेसर्कोर्समा बिहीबार भएको खेलमा नेपाललाई जित वा बराबरी आवश्यक थियो । बराबरीमा पनि सेमिफाइनल सुरक्षित गर्ने अवसर थियो भने जित हात पार्न सके समूह विजेताकै रूपमा अन्तिम चारमा पुग्ने थियो । तर, नेपालको आशा बंगलादेशको आक्रामक खेल अगाडि टिकेन ।

खेलको ३०औं मिनेटमा मो. सबिर इस्लामले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । दोस्रो हाफमा अपु रहेमान (४९औं), मो. आरिफ (५०औं) र मो. मानिक (६६औं) ले गोल थपेपछि नेपालको हार पक्का भयो ।

यसअघि नेपालले श्रीलंकालाई २-० ले हराएको थियो । अब समूह ‘ए’ मा नेपाल र बंगलादेश दुवैको ३–३ अंक भए पनि नेपालले दुवै खेल सकिसकेको छ भने बंगलादेशले अझै श्रीलंकासँग खेल्न बाँकी छ । त्यसैले नेपाल सेमिफाइनल पुग्ने नपुग्ने निर्णय अब श्रीलंकासँगको बंगलादेशको नतिजामा निर्भर छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा वरियतामा नेपाल यथावत
शुक्रबार, असोज ३, २०८२

नेपालले श्रीलंकालाई हरायाे
शुक्रबार, असोज ३, २०८२