सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं। एसिया कप क्रिकेटमा पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)लाई ४१ रनले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको छ।
बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानले ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युएई १४ बल बाँकी छँदै १०५ रनमै समेटियो।
पाकिस्तानतर्फ शाहिन शाह आफ्रिदीले अन्त्यमा १४ बलमा अविजित २९ रनको आक्रामक पारी खेले भने बलिङतर्फ उनले आबरार अहमद र हारिस रउफसँगै दुई–दुई विकेट लिए। युएईका जुनैद सिद्दिकी १८ रनमा ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यससँगै ‘ए’ समूहबाट पाकिस्तान र भारत दुवै टोली सुपर फोरमा प्रवेश गरेका छन्। उत्कृष्ट प्रदर्शनका कारण शाहिन शाह आफ्रिदी ‘म्यान अफ द म्याच’ बने।