सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:दक्षिण एसियाली फुटबल महासंघ (साफ) का राष्ट्रहरूमध्ये पछिल्लो फिफा वरीयतामा पाकिस्तान मात्र स्थान उक्लिन सफल भएको छ। बिहीबार सार्वजनिक सूचिमा पाकिस्तान दुई स्थान उक्लिएर १९९औं स्थानमा पुगेको हो।
साफभित्र भारत अझै शीर्ष स्थानमा रहे पनि एक स्थान खस्दै १३४औं स्थानमा पुगेको छ। त्यस्तै अफगानिस्तान १६१औं, माल्दिभ्स १७१औं, नेपाल १७६औं, बंगलादेश १८४औं र भुटान १८६औं स्थानमै यथावत् छन्।