T10 T10

एनपीएल पहिलो खेलको टिकट आम्दानी प्रधानमन्त्री राहत कोषमा

बिहीबार, असोज २, २०८२
Global

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणको उद्घाटन खेलको टिकट बिक्रीबाट उठ्ने सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जेनजी आन्दोलनमा प्राण गुमाएका सहिदप्रति श्रद्धाञ्जलीस्वरूप उक्त निर्णय गरिएको जानकारी दिए।

यस पटकको एनपीएलमा ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन्। मंसिर १ गतेदेखि सुरु हुने प्रतियोगितामा राजधानीसहित विभिन्न मैदानमा खेलहरू आयोजना हुनेछन्। क्यानले उद्घाटन खेललाई विशेष बनाउँदै सहयोगको रकम मार्फत राष्ट्रिय संकटमा परेका परिवारलाई सघाउने प्रयास गरेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्